ओली सरकारले गर्यो भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य

ओली सरकारले गर्यो भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारले श्रम स्वीकृति विना भारतीय कामदारलाई नेपालमा  काम गर्न नदिने भएको छ । श्रम ऐन र सन् १९५० को सन्धी विपरीत ओली सरकारले भारतीय कामदारलाई श्रम स्वीकृति लिनुपर्ने अनिवार्य गरेको हो । 

श्रम ऐनले जुन देशसँग सन्धी गरिएको छ त्यो देशका कामदारसँग सन्धी अनुसार नै व्यवहार गर्ने र जुन देशसँग सन्धी भएको छैन त्यो देशका कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

सन्धीमा नेपाल–भारत दुवै देशका कामदारलाई श्रम स्वीकृति नचाहिने उल्लेख छ । तर सरकारले श्रम ऐन र १९५० को भारतसँग गरिएको सन्धी विपरीत श्रम स्वीकृति लिनुपर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्