ग्रिनफिल्ड सेमिफाइनलमा

ग्रिनफिल्ड सेमिफाइनलमा

काठमाण्डौँ – ग्रिनफिल्ड प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनफिल्डले इरिस एकेडेमीलाई १८–२ ले पराजित ग¥यो । ग्रिनफिल्डका रिदम पाण्डे र तेन्जिङ तामाङले समान ४–४ अंक जोडे ।

जुनियर ब्वाइजमै नेरिक एकेडेमीले आयोजक न्यु भिजन एकेडेमीलाई ४३–१४ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । नेरिकका भुवन थापाले ५ स्कोर गरे । सिनियर ब्वाइजमा इरिसले हिमालयलाई ४७–४० ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय ग¥यो । इरिसका उज्ज्वल लिम्बूले २० अंक बटुले । सिनियर ब्वाइजकै अर्को लिगमा जनप्रेमीले नेपाल सेन्ट्रललाई २७–२१ ले २७–२१ ले निराश पा¥यो ।

सिनियर गल्र्समा ग्रामरले हिमालयमाथि १७–११ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । ग्रारमकी सुविता सुवेदीले ६ अंक जोडिन् । मोनास्टिक विरुद्धको खेलमा जेनियम १८–६ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.