सिरहाको युवाहरुमा लागुऔषको प्रयोग बढ्दो, रोकथाम गर्न विशेष अपरेसन सुरु

सिरहाको युवाहरुमा लागुऔषको प्रयोग बढ्दो, रोकथाम गर्न विशेष अपरेसन सुरु

सिरहा – प्रहरीले मंगलबार सिरहाका छुटाछुटै दुई स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचको क्रममा सिरहा नगरपालिका १७ पटेर्वाबाट एक जनालाई र नेपाल प्रहरीको अर्को टोलीले सिरहा नगरपालिका १५ बाट तीन जनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बब्लुकुमार यादवलाई संयुक्त प्रहरी टोलीले स ९ प ५४३१ नम्बरको पल्सर मोटरसाइकलमा लागुऔषध लिएर भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरेका छन्। प्रहरीले उनको साथबाट फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल र नुफिन २०० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन श्रेष्ठले जानकारी गराए।

१५ मिनेटकै फरकमा प्रहरीको अर्को टोलीले सिरहा नपा १५ बाट चेकजाँचको क्रममा उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ, सिरहा नपा १ का २१ वर्षीय गणेश पासमान र सोही ठाउँका १८ वर्षीय राजेश पासमानलाई १४ पिस नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ। यिनीहरु पनि भारतबाटै लागुऔषध लिएर आउँदै थियो। 

                  
प्रहरीले हिजो (सोमबार ( पनि सिराहाकै नरहा गाउँपालिका–३ स्थित नयाँ  चोहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित गोलबजार नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षीय गोकर्ण थापालाई चेकजाँच गर्ने क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका दुबै जनाको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध सहित पक्राउ गरेको थियो                उनीहरुलाई लागुऔषध तथा ओसार पोसार मुद्दामा अदालतमा पेश गर्ने एसपी जिवन श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.