विनायक र माउन्ट ग्लोरी फाइनलमा

विनायक र माउन्ट ग्लोरी फाइनलमा

काठमाण्डौँ – विनायक र डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा विनायकले हिमरश्मीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो ।

निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । विनायकका प्रणय राई ‘म्यान अफ द म्याच’ घोषित भए । चावहिलस्थित गणेशथान मैदानमा भएको अर्को सेमिफाइनलमा माउन्ट ग्लोरी नोब्सलाई ३–१ गोलले हरायो । माउन्ट ग्लोरीका अशु गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्