इनोभेटिभको दोहोरो जित

इनोभेटिभको दोहोरो जित

काठमाण्डौँ – आयोजक इनोभेटिभले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । इनोभेटिभ सिनियर ब्वाइज तथा गल्र्समा विजयी भयो । सिनियर ब्वाइजमा इनोभेटिभले एन्जल लर्डलाई १७–१० ले पराजित ग¥यो । इनोभेटिभको जितमा फुर्वा लामाले ८ अंक योगदान गरे ।

सिनियर गल्र्समा स्वच्छता थापाको १२ अंक सहयोगमा इनोभेटिभले विज किड्सलाई १८–१० ले हरायो । सिनियर ब्वाइजको अन्य खेलमा ज्ञान निकेतनले स्वप्न वाटिकालाई ४४–३६ ले पाखा लगायो । विजेताका सम्राट भुमिले १८ स्कोर गरे । सिनियर गल्र्समा विल्सन एकेडेमीले स्वप्न वाटिकालाई २१–११ ले पन्छायो । विल्सनकी विना श्रेष्ठले ८ अंक जोडिन् । जुनियर ब्वाइजमा ज्ञान निकेतनले एआईएलाई १९–१२ तथा राराहिलले आयोजक इनोभेटिभलाई १८–११ ले निराश पारे ।

ज्ञान निकेतनका जेबिस सारुले ११ तथा राराहिलका आशिष थापाले १२ स्कोर गरे । प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । माघ २४ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १३, जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा ५ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.