प्रधानमन्त्री ओली विरुद्ध सिरहाको विभिन्न ठाँउमा नेवि सँघको मशाल जुलुस प्रदर्शन

प्रधानमन्त्री ओली विरुद्ध सिरहाको विभिन्न ठाँउमा नेवि सँघको मशाल जुलुस प्रदर्शन

सिरहा – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन सिरहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरु विरुद्धमा सिरहाको विभिन्न ठाँउमा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला पन्त घटनाका दोषिलाई करवाही गर र नेविसंघका कार्यकार्ता हरूलाई रिहा गर जस्ता नारा लगाउदै बजारमा उत्रेका छन् ।

सहिद हेम नारायण यादबको १५ औँ स्मृति सभामा प्रमुख आतिथ्यको लागि आउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली विरूद्व भ्रष्टाचार सरकारको संरक्षक र मधेश विरोधी मन्त्रीलाई आउन नदिन जस्ता नारावाजी गरेको छ । देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्रष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरिरहेका छन् नेवि सँघका सहमहामन्त्री परमेश्वर साहले बताए । साहले भने माग पुरा भएन भने आन्दोलनको आँधीबेहरी चलाउँने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.