महेशवारि बाट लाखौं बराबरको अबैध कपडा बरामद

महेशवारि बाट लाखौं बराबरको अबैध कपडा बरामद

सिरहा – जिल्ला प्रहरी कार्यालय  सिरहा मातहत इलाका प्रहरी कार्यालय महेशवारि बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब तीन लाख नैहजार आठ सय बराबरको बच्चाको ज्याकेट १०८ पिस , सेणडाे भेस्ट ७२ पिस , जाडाेमा लगाउने टोपि ६० पिस , जेन्स अमुल पेन्टी १५० पिस ,ठुलो मौजा २७८ पिस ,साडी १३ पिस ,बच्चाको टोपी १४४ पिस , हातमा लगाउने पन्जा ७४४ पिस , रेडिमेड कुर्ता १० पिस , टेण्टको कपडा १४४ पिस , सिरकको पल्ला ९६ पिस , सिरकको खोल ३६० पिस , कालो बुर्का कपडा १० मिटर , सट १४ मिटर , कुर्ताको कपडा २८ थान सहितबरामद गरेको छ । 

मरामद गरिएको समान भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि धव राज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्