पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही

पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही

पर्वत – खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले कम्पनीलाई कारवाही गर्ने भएकाे हाे ।

कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ ‘फुड एण्ड वेभरेज’ प्रालि, कर्माचार्य ब्रदर्श ‘मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज’, बागलुङका महालक्ष्मी ‘मिनरल वाटर एण्ड वेभरेज’ र कार्की मिनरल वाटर रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नु पर्नेमा नगरिएकाले उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्