स्ववियु निर्वाचनको मिति चाँडै तोकिने

स्ववियु निर्वाचनको मिति चाँडै तोकिने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । 


त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले बताए  । 

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक निर्वाचन प्रणाली अपनाइएको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा विद्यार्थी सङ्गठनका कारणले हुन सकेको छैन । 

त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद निर्देशालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले फागुन महीनाभित्र स्ववियु निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.