सचेतनात्मक हाफ म्याराथन हुने

सचेतनात्मक हाफ म्याराथन हुने

काठमाण्डौँ – श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सचेतनात्मक हाफ म्याराथन माघ १९ गते हुने भएको छ । म्याराथनमा करिब ४ सयको सहभागिता अपेक्षा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी गराए ।

पुरुषतर्फमा प्रतिस्पर्धा हुने हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै चौथोले १० हजार, पाँचौंले ७ हजार र छैटौंले ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

परिषद्को २९ औं स्थापना दिवसका अवसरमा हुने लागेको दौड तीनकुनेबाट सुरु भइ पुनः सोही स्थानमा आएर टुंगिने रुट निर्धारण गरिएको छ । हिंसा रहित समाजको आधार, दुव्र्यसन मुक्त युवा र शाकाहार भन्ने सन्देश प्रवाह गर्न हाफ म्याराथन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.