रेडिअन्ट दोहोरो उपाधि नजिक

रेडिअन्ट दोहोरो उपाधि नजिक

काठमाडौ – रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर र जुनियर ब्वाइज बास्केटबलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमा रेडिअन्टले मोक्सदालाई ५७–३७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा उपेन्द्र बस्नेतले २२ अंक योगदान गरे ।

फाइनलमा रेडिअन्टको भेट एलआरआईसंग हुनेछ । अर्को सेमिफाइनलमा धीरन कठायतको २९ अंक सहयोगमा एलआरआईले संकृतिलाई ५०–२७ ले हरायो । जुनियर ब्वाइजमा रेडिअन्टले बृहस्पतिको चुनौती ३८–२० ले समाप्त पा¥यो । रेडिअन्टका सन्जिव भण्डारीले १२ अंक जोडे ।

उपाधिका लागि रेडिअन्टले ग्रिनफिल्ड विरुद्ध प्रतिस्पर्धा गर्नेछ । सिनियर गल्र्समा स्किब्स र स्वर्णि फाइनलमा पुगे । स्किब्सले द चाँदबाग स्कुलमाथि २३–२२ को रोमाञ्चक जित दर्ता ग¥यो । स्किब्सकी देब्यानी केसीले १२ स्कोर गरिन् । एलआरआई विरुद्धको खेलमा स्वर्णिम २३–१९ ले विजयी भयो । स्वर्णिमकी मोहनी लोप्चनले १२ अंक जोडिन् ।

ब्वाइज फुटबलको सिनियरमा आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल तथा जुनियरमा त्रिनेत्र र ओराकलले उपाधि भिडन्त पक्का गरिसकेका छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्