चिकित्सक संघले भोलि शुक्रबार आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा

चिकित्सक संघले भोलि शुक्रबार आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा

काठमाडौं नेपाल चिकित्सक संघले भोलि शुक्रबार आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ । २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा संघले कडा किसिमको आन्दोलनको घोषणा गरेको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीका अनुसार निजी तथा सरकारी दुबै स्वास्थ्य संस्थामा सेवा बन्द गर्ने निर्णय भएको हो । ‘शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित गरेसँगै बिहीबार संघले अनसनरत डा. केसीको स्वास्थ्य जटिल भइसक्दा पनि सरकारले वार्तामा बेवास्ता गरेको भन्दै दबावका लागि कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.