प्रदेश ३ भलिबल टोली सम्मानित

प्रदेश ३ भलिबल टोली सम्मानित

काठमाण्डौँ – प्रदेश ३ खेलकुद परिषद्ले दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेश्रो भएको प्रदेश ३ टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । प्रतियोगिता माघ १ देखि ५ गतेसम्म पोखरमा भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले १३ खेलाडी तथा समान १–१ प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी १६ जनालाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरी सम्मान गरे । टिम प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा सुनकेशरी माली र व्यवस्थापकमा प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस्