इनोभेटिभ बास्केटबल शुक्रबारदेखि

इनोभेटिभ बास्केटबल शुक्रबारदेखि

काठमाण्डौँ – इनोभेटिभ इङलिस स्कुलको आयोजनामा आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १३, जुनियर ब्वाइजमा १० र सिनियर गल्र्समा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी गराए । ब्वाइजमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको प्रतिस्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिम उपाधिका लागि पुनः भिड्ने छन् ।

सिनियर ब्वाइजमा एचएचसीए, जुनियर ब्वाइजमा पुष्पसदन र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने इनोभेटिभका प्रशासकीय निर्देशक राजेन्द्र चौलागाईंले जानकारी दिए । माघ २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.