एक्सेल्सियर र साइन फाइनलमा

एक्सेल्सियर र साइन फाइनलमा

काठमाडौं – आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले नेपाल राष्ट्र माविलाई ४–० गोलले पराजित ग¥यो । एक्सेल्सियबाट चारै गोल निमेश गोतामेले गरे । साइन मोडेलले काभ्यालाई २–० गोलले हरायो ।

जुनियर ब्वाइज फुटबलमा त्रिनेत्र र ओराकल उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा त्रिनेत्रले आयोजक एक्सेल्सियरलाई ४–३ गोलले पाखा लगायो । ओराकलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले एक्सेल्सियरलाई ४५–२४ ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । रेडिअन्टका स्वयं कार्कीले २० अंक जोडे । सिनियर गल्र्स बास्केटबलमा स्किब्सले आयोजक एक्सेल्सियरमाथि ३८–३५ को कठिन जित रच्दै सेमिफाइनल यात्रा तय ग¥यो । स्किब्सकी अप्सरा पौडेलले १४ अंक जोडिन् ।

जुनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्डले सेबलाई २६–२३ तथा संस्कृतिले न्यु जेनिथलाई ४३–३६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका महेश दाहालले ९ तथा संस्कृतिका सञ्जयमान तुलाधरले १४ अंक जोडे । प्रतियोगिताअन्तर्गत बिहीबार बास्केटबलको सेमिफाइनल मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.