जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले, फोटोफिचर

जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले, फोटोफिचर

काठमाडौं यूएईमा नेपाली क्रिकेट टिमले शानदार तरिकाले जितेसँगै यसको अनुभव धेरै नेपालीलाई भयो ।

त्यस्तै पराजयको प्रतिबिम्व एकजना फोटोग्राफरको अनुहारमा प्रष्ट देखिएको छ ।

एएफसी एसियन कप अन्तरगत प्रतिस्पर्धा गरिरहेको इराकको खेल फोटोमा कैद गरिरहेका थिए फोटोग्राफर मोहम्मद अल अजवीले । जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले ।

तै पनि फोटो खिच्न भने छोडेनन् । उनै फोटोग्राफरले रुँदै फोटो खिच्दै गरेको अवस्थाको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्बिरमा मोहम्मद आँखाबाट आँसु चुहाउँदै खेलको फोटो खिचिरहेका छन् ।

यसले उनको देशप्रेम र पेशाप्रतिको लगाव प्रकट गरेको छ । मोहम्मदले आफ्नो पेशा र देशप्रेमको भाव एकैपटक दर्शाएको भन्दै धेरैले उनको प्रशंसा पनि गरेका छन् । कतिले त उनका यी तस्बिर ‘अति सुन्दर तर दुखदायी’, ‘मुटु हल्लाउने’ जस्ता टिप्पणी गर्दै प्रशंसा गरे ।

एएफसी एसिया कप अन्तरगत कतारसँगको खेलमा इराकले १–० ले हार व्यहोरेको थियो । तर मोहम्मदको यस्तो अद्धितीय तस्बिर सार्वजनिक भएपछि भने उनलाई कतारकै खेलप्रेमीले समेत ढाडस् दिएका छन् । फेसबुक पेज ट्राेल फुटबल, फुटबल ट्वीट लगायतका साइटले यी तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्