डा. केसीको अवस्था जटिल आइसियुमा भर्ना हुन अस्वीकार

डा. केसीको अवस्था जटिल आइसियुमा भर्ना हुन अस्वीकार

काठमाडौं २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ।

डा. केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु ) सार्नु पर्ने चिकित्सकले सुझाव दिएका छन्। तर आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए। 

दुई पटक मुटुको एन्जियोग्राम गरेका डा. केसीलाई छाति दुख्ने समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्। ६३ वर्षीय डा. केसीको यो सोह्रौं अनशन हो। 

उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुक हेरेरै फर्किन्छन्। अनशनरत डा. केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, केसीले औषधी खानसमेत मानेका छैनन्।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.