एक्सेल्सियरको दुवै टोली सेमिफाइनलमा

एक्सेल्सियरको दुवै टोली सेमिफाइनलमा
काठमाडौं - आयोजक द एक्सेल्सियर स्कुल सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलको सिनियर र जुनियर ब्वाइज दुवैमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले एसलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । विजेताका निमेश गोतामे र धीरज जोशीले ह्याट्रिक गरे भने प्रतिक खड्काले १ गोल थपे । जुनियर ब्वाइजमा एक्सेल्सियर ‘बी’ ले न्यु जेनिथलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।

सिनियर ब्वाइजमा साइन मोडेल, काभ्या र एनएरएचएसएस पनि सेमिफाइनलमा पुगे । साइन मोडेलले ग्यालेक्सीलाई २–१ गोलले पन्छायो । साइन मोडेलका रुविन कक्षपति र साहिल केसीले १–१ गोल गरे । ग्यालेक्सीका सुवास यादवले १ गोल फर्काए ।

काभ्याले लोक आदर्शको चुनौती २–० गोलले समाप्त पा¥यो । काभ्याका सुमन गुरुङ र धीरेन्द्र मल्लले गोल गरे । एनआरएचएसएसले त्रिनेत्रको यात्रा १–० गोलले पूर्णविराम लगायो । युशुब राईले निर्णायक गोल गरे ।
जुनियर ब्वाइजमा ओराकल, किड्स लर्निङ र ग्रिनफिल्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ओराकलले ग्यालेक्सीलाई ५–१ गोलले पाखा लगायो । ओराकलका कृष गुरुङ र निरोज लामाले समान २–२ गोल गरे । ग्यालेक्सीका लुङकु लामाले सान्त्वना गोल गरे । किड्स लर्निङले ग्रिनफिल्डमाथि २–० को जित निकाल्यो । किड्स लर्निङका योगेश नेगी र पेम्बा तामाङले गोल गरे । ग्रिनफिल्डले लोक आदर्शलाई २९–२५ ले हरायो । ग्रिनफिल्डका महेश दाहाले ९ अंक जोडे ।
सिनियर गल्र्स बास्केटबलमा एलआरआईले मोक्सदालाई १८–८, द चाँदबाग स्कुलले सिद्धार्थ बनस्थलीलाई २१–१० र स्वर्णिमले टीआईएलाई १९–१५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एलआरआईकी सोनिया राणाले ६, चाँदबागकी दिया गुरुङले ९ र स्वर्णिमकी मोहिनी लोप्चनले ८ अंक जोडे ।

जुनियर ब्वाइज बास्केटबलमा सेबले आयोजक एक्सेल्सियरलाई ३३–३० तथा बृहस्पतिले एभीएमलाई १३–१२ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे । सेबका कृपाल महर्जनले १४ तथा बृहस्पतिका छिरिङ तामाङले ४ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले ग्यालेक्सीलाई ४५–३० ले हराउदै सेमिफाइनल यात्रा तय ग¥यो । एलआरआईका लुजन महर्जनले १५ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्