रेडिअन्ट सेमिफाइनलमा

रेडिअन्ट सेमिफाइनलमा

काठमाडौं – रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित ग¥यो । रेडिअन्टका राज रोकाले १३ अंक जोडे । जुनियर ब्वाइजमै बृहस्पतिले आयोजक एक्सेल्सियरलाई ९–७ तथा लोक आदर्शले रुपिजलाई १७–१५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

बृहस्पतिका प्रहौहा किरातले ९ तथा लोक आदर्शका मनोज घिसिङले ८ स्कोर गरे । सिनियर गल्र्स बास्केटबलमा टीआईएले रेडिअन्टलाई २०–१०, सिद्धार्थ बनस्थलीले स्वर्णिमलाई २८–२६ र एक्सेल्सियरले मोक्सदालाई २३–५ ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे । टीआईएकी रिन्छेन मोक्तानले १३, सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १४ र एक्सेल्सियरकी कर्मा डोल्मा गुरुङले ८ अंक जोडे । सिनियर ब्वाइज बास्केटबलमा एक्सेल्सियरले ग्यालेक्सीमाथि ३३–३२ को कठिन जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनायो । एक्सेल्सियरका युगेश सुवेदीले ११ स्कोर गरे ।

जुनियर ब्वाइज फुटबलमा न्यु जेनिथले किड्स लर्निङलाई १–० तथा एक्सेल्सियरले एपेक्स लाइफ स्कुललाई २–१ गोलले पाखा लगाए । सिनियर ब्वाइज फुटबलमा काभ्याले होली भिजनलाई ६–१ र एलआरआईलाई ५–२, लोक आदर्शले एक्सेल्सियरलाई २–० तथा एलआरआईले होली भिजनलाई २–१ गोलले निराश पारे ।  सिनियर र जुनियर ब्वाइज फुटबलमा एलआरआई बाहेक सबै विजेता टिम क्वाटफाइनलमा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्