सारेगमप लिटिल च्याम्समा नेपाली बालगायक प्रितमको चर्चा

सारेगमप लिटिल च्याम्समा नेपाली बालगायक प्रितमको चर्चा

इटहरी – इटहरीका बालगायक प्रितम आचार्य नेपाल टेलिभिजनबाट प्रसारण भएको सुरशाला नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे।

जसको फाइनलमा उनी देशभरकै प्रतिस्पर्धीहरूमा दोस्रो बने। इटहरी र वरिपरि हुने विभिन्न कार्यक्रममा प्रस्तुति दिएर वाहवाही बटुलिरहेका उनले सोचेजस्तो ठाउँ भने पाइरहेका थिएनन्। त्यस्तैमा भारतीय च्यानल जीटीभीबाट प्रसारण हुने बाल गायनको रियालिटी सो सारेगमप लिटिल च्याम्सको लागि अडिसन सुरु भयो। अडिसनमा उनले पनि भिड्ने निर्णय गरे। ‘नेपालबाट आएको भनेपछि सबैले माया गर्नुभयो,’ उनले भने, ‘मेरो क्लासमा पनि गुरुहरूले राम्रो गाउँछौ भनेर भन्नुभएको छ।’

अडिसनका सबै राउन्ड पार गरेर प्रितम अहिले प्रस्तुति दिने क्रममा छन्। उनले पहिलो कार्यक्रममा प्रस्तुतिसमेत दिइसकेका छन्। उक्त प्रस्तुतिको प्रोमो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ र केही समयमै पूरै कार्यक्रम प्रसारण हुँदैछ।

प्रोमोमा उनको गायकीलाई लिएर जज (निर्णायक) हरू छक्क परेको र उनलाई स्टेजमै गएर उचालेको दृश्य समेटिएको छ। ‘मलाई काँधमा बोकेर तिमी एउटा भगवान्को बच्चा हौ भनेर भन्नुभयो,’ उनले जजहरूबाट पाएको प्रतिक्रिया साटे, ‘मलाई सिल्भर मेडल पनि दिनुभयो, यसको महत्त्व धेरै छ।’

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.