फोरजी विषयमा संसद्को अर्थ समितिले विज्ञसँग छलफल

फोरजी विषयमा संसद्को अर्थ समितिले विज्ञसँग छलफल

काठमाडौं – नेपाल टेलिकमको फोरजी बिस्तारका विषयमा संसद्को अर्थ समितिले विज्ञसँग छलफल गर्ने भएको छ। टेलिकमको क्षेत्रको विज्ञलाई बोलाएर टेलिकमले फोरजी बिस्तारका लागि छुट्याएको रकमको सान्‍दर्भिकताको विषयमा छलफल गर्ने भएको हो। यसका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको विपक्षी दलका सांसदले बताएका छन्।

अर्थ समितिमा आइतबार टेलिकमको फोरजी बिस्तार सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलको क्रममा सांसदले सेवा अपग्रेड गर्दा हुने विषयमा नयाँ विस्तार गर्न खोज्नुले त्यसमा आशंका उब्जिएको उल्लेख गरेका छन्।

बैठकमा सांसद रामकुमारी झाँक्री र मेटमणि चौधरीले अनावश्यक रूपमा धेरै पैसा खर्च गर्न खोजिएको बताए। सोही विषयमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कुनै पनि अवस्थामा आयोजना रोक्न हुँदैन। विस्तृत छलफल गरेर काम अघि बढ्ने र काम नहुने अवस्थामा कारबाहीको व्यवस्था गर्नुपर्ने हुन्छ।’

अर्का पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले भएकै छलफलका आधारमा निर्णयमा पुग्नु उपयुक्त नभएको भन्दै विज्ञसँग छलफल गर्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.