गर्भवती महिलामाथि जवर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

गर्भवती महिलामाथि जवर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

डोटी – डोटीमा गर्भवती महिलामाथि जवर्जस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा उक्त घटना भएको हो । बाटोमा हिंडिरहेका बेला युवकले गर्भवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा आइतबार ती युवकलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडक र पीडित दुवैको पहिचान भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले आइतबारै जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत डोटीमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्