निर्मला हत्या प्रकरण, ‘हत्यारा सार्वजनिक नगर्ने भए हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ ।’: तरुण दल अध्यक्ष

निर्मला हत्या प्रकरण, ‘हत्यारा सार्वजनिक नगर्ने भए हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ ।’: तरुण दल अध्यक्ष

काठमाण्डौँ – काँग्रेसनिकट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई जोडेर आरोप लगाएका छन् ।


कञ्चनपुरको वीरेन्द्रनगरमा आइतबार आयोजित सरकारविरोधी सभालाई सम्बोधन गर्दै बस्नेतले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना हुँदा गृहमन्त्री पुत्र प्रतीक कहाँ थिए भन्ने जानकारी मागेका हुन् ।

सिधै घटनामा प्रतीकको संलग्नता नलगाए पनि बस्नेतले स्पष्ट बुझिने गरी त्यसको संकेत गरे । ‘निर्मला पन्तको बलात्कार र हत्या हुँदा तपाईंका छोरा कहाँ थिए गृहमन्त्रीज्यू ?’, बस्नेतले प्रश्न गरे, ‘त्यसको जवाफ हामीलाई चाहियो ।’ बस्नेतले त्यसबारे थप बोल्दै गृहमन्त्री पुत्रको बानीव्यहोरा आफूलाई जानकारी रहेको भन्दै घटनामा संलग्न दोषीबारे गृहमन्त्रीले कारबाही नगरे सडकमा ल्याएर नंग्याउने चेतावनी दिए । ‘तपाईंका छोराको व्यवहार र चरित्र कस्तो हामीलाई छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, बस्नेतले भने, ‘तपाईंले हत्यारा सार्वजनिक नगर्ने भए हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ ।’ यसअघि पनि घटनाका बेला प्रतीक कञ्चनपुरमै रहेको चर्चा चले पनि त्यसमा सत्यता नभएको प्रष्टीकरण प्रहरीबाटै आइसकेको छ । निर्मलाको गत साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उक्त दिन प्रतीक काठमाण्डुमै थिए ।


बस्नेतले ‘हत्या, हिंसा र बलात्कार कम्युनिष्ट सरकारको उपहार’ भएको आरोपसमेत लगाउन भ्याए । बस्नेतले काँग्रेसप्रति पूर्वाग्रह राखेर आफ्ना स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा प्रस्तावित अस्पताल खारेज गर्ने र इतिहास मेटाउने चेष्टामा सरकार लागेको आरोप लगाए । तर, त्यो असम्भव रहेको उनको भनाइ थियो । बस्नेतले सरकारले आफ्नो कार्यशैली नसुधारै सडकबाटै ढालिदिने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.