आगामी दिनमा नेपाललाई अझै सहयोग गर्न जापान तयार

आगामी दिनमा नेपाललाई अझै सहयोग गर्न जापान तयार

काठमाण्डौँ – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषी तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले विहीबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरेका थिए ।

उनले उर्जा र जलस्रोत मन्त्रालयमातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रती धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे ।

नेपालको कृषी क्षेत्रको विकासको लागी सिंचाईको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागी मन्त्रालयले भेरी ववई,रानी जमरालगायतका केही ठुला आयोजना अघि बढाइरहेको जानकारी दिए ।

‘हामीले बर्षभरी नै सिंचँई गर्न सजिलो होस् भनेर केही ठुला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउदो सिंचाईको प्रविधी खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु, तपाईहरुजस्ता विज्ञहरु आउँदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु’ भेटमा मन्त्री पुनले भने ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिंदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्