फागुन पहिलो हप्ता १५ हजार कर्मचारीका लागि आवेदन खुल्ने

फागुन पहिलो हप्ता १५ हजार कर्मचारीका लागि आवेदन खुल्ने

काठमाडौं  फागुनको पहिलो हप्ता १५ हजार कर्मचारीका लागि आवेदन खुल्ने भएको छ । सरकारले कर्मचारी समायोजनलगत्तै करिब १५ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १५ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । मन्त्री लालबाबु पंडितले पनि लोकसेवा खुल्ने अन्तिम तयारी भइरहेको नेपालपाटीलाई बताए ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ । फागुनको पहिलो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने र फागसनको दोस्रो सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु¥याएको हो ।

प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै विज्ञापन खुल्ने निश्चित भएको हो ।गएको भदौमा खुल्नेपर्ने नियमित लोकसेवा पनि खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्