प्रहरी कर्मचारीलाई निजामतीमै जस्तो ग्रेड सुविधा

प्रहरी कर्मचारीलाई निजामतीमै जस्तो ग्रेड सुविधा

काठमाडौं सरकारले प्रदेशमा समायोजन चाहने प्रहरीलाइृ एक तह ग्रेड बढुवाको सुविधा दिने गरी बिद्येयक तयार गरेको छ। गृह मन्त्रालयले संसदमा पेस गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद पठाएको बिद्येयकमा सो ब्यवस्था गरिएको हो।

नेपाल प्रहरीसँग सम्बन्धित तीनवटा विधेयक तयार भएको छ । त्यसमध्ये एउटा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी बनाएको विधेयक हो । जुन संसद् सचिवालयमा पेस भइसकेको छ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीको समायोजन विधेयक मन्त्रिपरिषद् निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको बताए।

‘नेपाल प्रहरीसँग सम्बन्धित तीनवटा विधेयक तयार भएको छ। त्यसमध्ये एउटा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी बनाएको विधेयक हो । जुन संसद् सचिवालयमा पेस भइसकेको छ,’ उसुवेदीले भन्नुभयो ।

गृह मन्त्रालयका अनुसार समायोजनमा जान चाहने प्रहरीलाई निजामती कर्मचारीकै जस्तो ग्रेड सुविधा दिएर पठाइनेछ । जसअनुसार प्रदेशमा जान चाहने प्रहरी कर्मचारीको सेवासुविधा साबिकको भन्दा एक ग्रेड बढ्नेछ । समायोजनमा संघ नै रोज्ने प्रहरीको हकमा भने यो नियम लागू हुनेछैन । समायोजन सहज होस् भन्ने उद्देश्यले विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।

गृहले यसअघि समायोजनपछि प्रदेश जान चाहने प्रहरी कर्मचारीको ग्रेड नभई तह नै बढुवा हुने गरी समायोजन कानुनको मस्यौदा तयार गरेको थियो । तर, सो कानून वैज्ञानिक नहुने देखिएपछि यो विधिलाई छाडेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.