मन्त्री पोखरेलले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह

मन्त्री पोखरेलले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई आमरण अनसन फिर्ता लिन आग्रह गर्नु भएको छ । 

मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाको प्रश्न सरकारमाथि मात्रै नतेर्स्याउन पनि अपिल गर्नुभयो । डा. केसी वरीपरि बसेकाहरुले पनि उहाँको जीवन रक्षाका लागि पहल गर्नुपर्ने जिम्मेवारी रहेको मन्त्री पोखरेलको भनाइ छ ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको बाटोबाटै पारित गराउने विषयमा डा. केसीको पनि सहमति रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने वातावरण बनाउन सबैलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा. केसीले चित्त दुःखाउनुपर्ने कुनै कारण नरहेको तर्क पनि गर्नुभयो ।

उहाँले डा. केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाएको आरोप पनि लगाउनुभयो । आइतबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पोखरेलले सरकारको राजीनामा माग्ने लगायतको विज्ञप्ति जारी गरेर डा. केसीले आफ्नो उचाइ घटाएको पनि बताउनुभयो ।

मन्त्री पोखरेलले फागुन महिनाभित्र राष्ट्रिय शिक्षा नीति बनाइसक्ने घोषणा पनि गर्नुभयो । राष्ट्रिय शिक्षा नीति र त्यससँग सम्बन्धित ऐन निर्माणको काममा सहयोग गर्न पनि सरोकारवाला निकायलाई मन्त्री पोखरेलको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.