चट्टान खस्दा दुई गोठालासहित दुई सय ६० भेडा पुरिए

चट्टान खस्दा दुई  गोठालासहित दुई सय ६० भेडा पुरिए

धादिङ उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा पहिरो खस्दा दुई  गोठालासहित दुई सय ६० भन्दा बढी भेडा पुरिएका छन्। गाउँपालिका केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा दुई गोठाला र दुई सय बढी भेडा छोपिएको स्थानीयले बताएका छन्।  

प्रदेश ३ का प्रदेशसभा सदस्य जगत सिंखडाका अनुसार १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नर्बु तामाङ बेपत्ता भएका हुन्।  

शुक्रबारदेखि हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भएको थियो।  हिमपातबाट बचाउनका लागि ओढारमा भेडाबाख्रा राखेका बेला ओढार भासिएको हुनसक्ने अनुमान गरिएको छ।  

हेलिकप्टरमार्फत् घटनास्थल पुगेर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकालले जानकारी दिए। ओढारको मुखमा ठूलाठूला चट्टानसहितको सुख्खा ढुंगा खसेको ढकालले बताए।  पहिरोसँगै खसेको चट्टानले केही भेडा च्यापिएको अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्