प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर

प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर

काठमाडौं – प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर शुक्रबार सुरु हुने भएको छ। प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साता सांसदले प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा छ। तर प्रश्नोत्तर सुरु हुन सकेको थिएन।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नोत्तर राख्ने निर्णय गरेको हो। संसद्लाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन भन्दै प्रधानमन्त्री र मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको व्यवस्था नियमावलीमा राखिएको थियो।

 नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो सातामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ’, उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्