हाचिको – एउटा वफादार जापानी कुकुरको कथा

हाचिको – एउटा वफादार जापानी कुकुरको कथा

सन् १९२३, नोभेम्बर १० मा हाचिकोको  जन्म  जापानको आकिता प्रान्तको ओदाते भन्ने गाउँमा भएको थियो ।उनीहरुको ब्रिड सन् १६०० तिर सम्बन्धित छ  त्यो बेलामा यो जातिका कुकुरले राजपरिवारलाई सुरक्षा दिने गथ्र्यो हाचिकोका मालिक उएनो हिदेसाबुरोले जन्म पश्चात उनलाई टोक्यो लिएर आएका थिए । उएनो हिदेसाबुरो पेशालेप्राध्यापक थिए र हरेक दिन शिबुया स्टेसन भएर कामका लागि जाने–आउने गर्दथे । हाचिको आफ्नो मालिकलाईनिकै माया र सम्मान गर्थ्यो ।

 यति सम्म कि हरेक दिन बिहानै मालिकलाई स्टेसन सम्म छोड्न जाने र फर्किने समयमापुनः मालिकलाई लिन स्टेसन सम्म पुग्ने गर्दथ्यो कुरा सन् १९२५, मे २१ को हो, जब हाचिको २ वर्ष जतिको भएकोथियो दैनिक जसोनै हाचिको आफ्नो मालिकलाई लिन बेलुका शिबुया स्टेसन गएर प्रतिक्षा गर्न थाल्यो । घन्टौबितिसक्दा पनि मालिक भने आएनन । कारण थियो, त्यो दिन उनि पढाउँदा–पढाउँदै अकस्मात ढले र उनलाईअस्पतालमा मृत घोसित गरियो ।

 यो दुःखद घटना पश्चात हाचिकोलाई उसकै घरमा मालीको काम गर्न आउने एकजनाले आफु संग राख्ने गरि लागे । तर हाचिकोको दिनचर्या भने बदलिएन ।

 ऊ सधै जसो नै बिहान बेलुका कहिल्यैनआउने गरि गएका उही मालिकलाई भेट्न शिबुया स्टेसन जान्थ्यो र केहि समय पर्खेर निराश हुँदै घर फर्कन्थ्यो ।

अचम्मको कुरा त के भने हप्तौं वा महिनौं दिन मात्र नभएर करिब ९–१० वर्ष सम्म नै उसको उस्तै दिनचर्या रह्यो ।कुनै जनावरले ९–१० वर्ष सम्म कसैलाई आफ्नो मन–मस्तिष्कमा राख्नु कुनै सामान्य घटना पक्कै थिएन ।

 मार्च ८,सन् १९३५ मा हाचिकोले पनि संसार त्याग्यो तर मानव समाजमा भने अविस्मरणीय छाप छोडेर गयो ।सन् १९३२ माएक जापानी पत्रिकामा हाचिकोको बारे समाचार छापिए पश्चात उसको सोध–खोज सुरु गरिएको थियो ।

एउटा कुकुरकति सम्म आफ्नो मालिक प्रति वफादार रहन्छ भन्ने कूराको राम्रो उदाहरण थियो यो  अहिले हचिकोलाई राष्ट्रियहिरोको रुपमा सम्मान गरिन्छ जापानका बिभिन्न स्थान र संग्रहालयहरुमा उसको प्रतिमा बनाइएको छ रहाचिकोको जीवनलाई आधार मानेर बिभिन्न भाषामा पुस्तक तथा लेखहरु छापिएका छन् ।

बिभिन्न भिडियो,डकुमेन्ट्री फिल्म बन्नुका साथै हलिउडमा त यसबारे सिनेमा नै बनेको छ ।हाचिकोको मूर्तिको दाया कान अलिकतिलुलो छ र यसबारे केही विवाद पनि उठेको थियो । तर यो बनाउने कलाकारले हाचिकोको वास्तविक कानजस्तोथियो त्यस्तै बनाउने कोशिश मात्रै गरेका थिए । यसले हाचिकोले दर्शाउने वलिष्ठ तस्वीरलाई केही फितलोबनाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्