प्रभावित भए अमिताभ बच्चन यी शिक्षकको पढाउने स्टाइलको

प्रभावित भए अमिताभ बच्चन यी शिक्षकको पढाउने स्टाइलको

काठमाडौं -बलिउडका महानायक अमिताभ बच्चनले ९ जनवरीमा ट्वीटरमा एउटा भिडियो शेयर गरे । यो भिडियो एक शिक्षकको थियो । ती शिक्षकले कक्षामा पढाइरहेका थिए । यी शिक्षकको पढाउने तरिका अन्य शिक्षकको भन्दा बिल्कुलै फरक छ । यही तरिकाबाट प्रभावित भएर अमिताभ बच्चनले यो भिडियो शेयर गरेका थिए । लगत्तै यो भिडियो निकै भाइरल भयो ।

यी शिक्षकले कक्षामा विद्यार्थीहरुलाई अंग्रेजीका स्वर वर्ण र व्यञ्जन वर्णको बारेमा पढाइरहेका छन् तर उनले विद्यार्थीलाई सामान्य तरिकाले होइन भोजपुरी चर्चित गीतको सुरमा पढाइरहेका छन् । यो भिडियो यही डिसेम्बर महिनाको भएको बताइएको छ ।

यो भिडियो निकै लोकप्रिय भइरहेको छ । डा. कुमार विश्वासले शेयर गरेको यो भिडियो बिहारको कुनै स्कुलकोभ एको अनुमान गरिए पनि यसको पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.