घुससहित आमा–छोरी पक्राउ

घुससहित आमा–छोरी पक्राउ

काठमाण्डौँ – कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत एकजना सहायक रजिष्ट्रार १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा सहायक रजिष्ट्रार गीता कुमार पन्थी पक्राउ परेकी हुन् ।

घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पन्थीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन् । दुवैजनालाई काठमाडौं–१४ स्थित एनएमबी बैंकको पार्किङबाट मंगलावर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्