पाण्डेप्रति श्रद्धाञ्जली

पाण्डेप्रति श्रद्धाञ्जली
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक एवं ब्याडमिन्टनका पूर्व मुख्य प्रशिक्षक स्व. दिलेन्द्रवीर पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको समापनका अवसरमा एक मिनेट मौन धारण गरी पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएको कार्यशालामा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो ।
कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विविध पक्ष बारे जानकारी गराएका थिए ।
दुईदिने कार्यशालाका सहभागीहरुलाई आयोजक विभागका निर्देशक रिमबहादुर रानाभाट, प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले प्रमाण पत्र, ट्रयाकसुट र ब्याग प्रदान गरेका थिए ।
खुला ह्याण्डबल भोलिदेखि
नेपाल ह्याण्डबल संघको आयोजनामा माघ १–३ गतेसम्म काठमाडौं कपनस्थित ह्याण्डबल खेल मैदानमा “महिला तथा पुरुष खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता–२०७५” हुने भएको छ ।
नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।
दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उपाध्यक्ष पोखरेलले बताए ।
प्रदेश ३ भलिबल टोलीको बिदाइ
पोखरामा मंगलबारदेखि सुरु हुने दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने प्रदेश ३ टोलीलाई बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टोलीलाई लैनचौरस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । न्यु डायमन्ड एकेडेमीका कुमार राई प्रशिक्षक रहेको प्रदेश ३ टोलीमा अधिकांश खेलाडी न्यु डायमन्डकै रहेको प्रदेश ३ का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
टोली सोमबार पोखरा प्रस्थान गरिसकेको छ । प्रदेश ३ ले प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाल आर्मी विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नक्सालमा डोजोमा करातेको विशेष प्रशिक्षण
नेपाल सितोरियो कराते सँघ, शाखा डोजो नक्सालमा आज एक विशेष कराते प्रशिक्षण कार्यक्रमको आयोजना भएकोछ । नक्सालका प्रशिक्षक ,सहायक प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै बंगलादेशका खेलाडीहरु सहित करिब एकसय पचास जना सहभागी भएको उक्त विशेष प्रशिक्षणलाई जापानका ग्र्यान्ड मास्टर मसाया कोहामा ले सहभागी प्रशिक्षक तथा खेलाडीहरुलाई प्रशिक्षण गराउनुभएको थियो । ग्र्यान्ड मास्टर कोहामाको प्रमुख आतिथ्य एबम् नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्र बहादु, खपाँगी ुईश्वरु को सभापतित्वमा सँचालित उक्त कार्यक्रममा वंगलादेशका प्रशिक्षक सफिकुल ईस्लाम ९ लभ्लु ० , सोतोकान करातेका प्रशिक्षक कृष्ण मानन्धर , नक्साल डोजोका पदाधिकारीहरु लगायत विभिन्न महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहामाले सहभागी सम्पूर्ण खेलाडीहरुलाई परिवर्तित नयाँ नियम तथा नयाँ टेक्निक सिकाउनुभएको थियो । प्रशिक्षण पश्चात मन्तब्य ब्यक्त गर्दै सिहान कोहामाले नेपालका खेलाडीहरु अति नै मेहेनति एबम् अनुशासित रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.