कुखुरा चल्ला सहित सिरहा बाट मानिस पक्राउ

कुखुरा चल्ला सहित सिरहा बाट मानिस पक्राउ

आलोक यादव, सिरहा,पुस ३० गते । सिरहा प्रहरीले सोमबार भारतबाट नेपाल तस्करी भइरहेका कुखुराको चल्ला समातेका छन् । प्रहरीले सीमावर्ती क्षेत्र सिरहा नगरपालिका १५ बुधौराबाट अवैध रुपमा नेपाल भित्रयाइरहेका कुखुरा चल्ला बरामद गरेको छ ।

प्रहरी टोलीले बा१७च १२४ नम्बरको म्याजिक गाडी रोकी चेकजाँच गर्दा बिल भरपाई बिना अवैध बोयलर कुखुराको १४ सय वटा २ लाख बराबरको चल्ला भेटिएको थियो । म्याजिक र चल्लासहित सिरहा नगरपालिका १ बस्ने २३ वर्षिय सन्तोष यादवलाई पनि पक्राउ गरेको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता डीएसपी माधव राज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.