माघ १ गते, एक पर्व, कहाँ कसरी मनाइन्छ ? [फोटोफिचरसहित]

माघ १ गते, एक पर्व, कहाँ कसरी मनाइन्छ ? [फोटोफिचरसहित]

झापा – बहुआयामिक, बहुभाषिक र बहुसांस्कृतिक देश  नेपालमा माघ १ गतेको दिनलाई विशेषगरी मकर संक्रान्ति, माघे संक्रान्ति, माघी आदि विभिन्न नामले बिभिन्न भुभागमा हर्सोल्लासपुर्बक  मनाइने गरेको पाइन्छ । झापा जिल्लामा यस दिनलाई माघे संक्रान्तिको नामले मनाउने गरेको पाइन्छ ।

जिल्लाको प्रसिद्धस्थल सतासी माइमा मकर नुहाउनेको घुइँचो लाग्ने गर्दछ साथै मकर नुहाउन जानेहरुलाई लक्षित गरेर माइधारमा भब्य मेला लाग्ने गर्दछ । साथै तरुल, तिल, सखर आदिको विभिन्न परिकार बनाएर खाने गरेको पाइन्छ ।

यस पर्वलाई  दाङ जिल्लामा भने त्यहाँका थारु समुदायहरुले माघी महोत्सबको रुपमा केही दिनअघि देखिनै मनाउने गर्दछन् । उता गुल्मी जिल्लामा भने  जेठी सक्रान्ति र माइली सक्रान्तिको नामले दुई दिन छुट्टाछुट्टै ठाउँमा भब्य मेला लाग्ने गर्दछ ।

 तर  नुवाकोट जिल्लामा माघे संक्रान्ति पर्व फरक ढंगले मनाईदै आएको छ । माघे संक्रान्तिको अवसरमा जिल्लाको तारुका र वेत्रावतीमा गोरु जुधाएर मनोरञ्जन लिईदैछ ।

तारुकामा प्रत्येक वर्ष आएको गोरु जुधाउने मेला यस बर्स पनि भव्य रुपमा शुरु हुँदैछ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्