मदिरा खान पाऊँ भन्दै आन्दोलन, प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा ८ घाइते

मदिरा खान पाऊँ भन्दै आन्दोलन, प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा ८ घाइते

पुष , ३० , मुगु। छायानाथ रारा नगरपालिकाभित्र बसोबास गदै आएका लामा जातिका महिला मदिरा प्रतिबन्दका विरुद्ध आन्दोलित भएका छन्। आइतबार प्रहरी को टोली र नगरपालिका प्रतिनिधिलले विभिन्न ठाउँमा छापा मारे अवैध घरेलु मदिरा बरामत गरी नष्ट गरेपछि यहाँका लामा जातिका महिलाहरू आक्रोशित बनेका हुन्।

उनीहरू एकजुट भई मदिरा खान पाऊँ भन्दै आन्दोलन गरे। आन्दोलन चर्किँदा मुगु सदरमुकमा गमगढी केहीबेर तनावग्रसत बनेको थियो।मदिरा हाम्रो पूजापाठ गर्ने र अन्य शुभ कार्यमा प्रयोग गर्ने बेला अनिवार्य चाहिने भन्दै मदिरा प्रतिबन्ध फुकवा गर्ने पर्ने माग गर्दै सदुमुकाम गमगढीमा लामा जातिका महिलाले आन्दोलन चर्काएका हुन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ ६ जना प्रहरी र दुई जना प्रदर्शनकारी महिला सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए।छायानाथ रारा नगरपालिकालाई मदिरा निषेधित घोषण गरेसँगै मदिरा खाएको भेटाएमा खानेलाई ५ हजार र खुवाउने लाई १५ हजारका दरले जरिवना गर्ने गरेको नगरपालीकाले जनाएको छ।

मदिरा ऐन २०७५ कार्यविधिअनुसार यस्तो जरिवना गर्ने गरेको हो। मदिर को कार्यविधि पास नहुँदै खानेलाई २ हजार र खुवाउनेलाई ४ हजारका दरले जरिवाना गर्ने गरेको भए पनि कार्यविधि नगरसभाबाट पास भएसँगै खानेलाई ५ हजार र खुवाउनेलाई १५ हजारका दरले जरिवाना गर्ने गरेको छायानाथ रारा नगरपालिका नगरप्रमुख शा हीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.