ड्रोन उडान कार्यविधि झन्झटिलो, आफूखुशी ड्रोन उडाउने प्रहरी फन्दामा

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफूखुशी ड्रोन उडाउने प्रहरी फन्दामा

पुष , ३० काठमाडौंँ । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन उडाउने व्यक्तिहरुलाई प्रहरी नियन्त्रण गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिएका छन् ।

त्यस्तै, लगनखेलमा भने शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइ रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ।ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झण्झटिलो भएकाले आफूखुशी उडाइएको भनाइ ती चालकको छ ।त्यस्तैं, सरकारको स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही समय अघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो, तर ती विदेशीले ड्रोन उडानका लागि स्वीकृति लिनुपर्छ भन्ने कुराको ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाएका थिए ।

गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झण्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस्