एक किशोरीलाई सामूहिक बलात्कार

एक किशोरीलाई सामूहिक बलात्कार

झापा – पेयपदार्थ कोकमा रक्सी मिसाएर दुई जना युवकले झापा भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू रहेको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार घटनामा संलग्न सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी भने फरार रहेका छन् ।

राजवंशी भारततर्फ फरार भएकाले उनको खोजी कार्य तिव्र बनाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.