मेलम्ची आयोजना सर्तसहितको पत्र पठाएपछि सिएमसीबाट काम नहुने निष्कर्षमा

मेलम्ची आयोजना सर्तसहितको पत्र पठाएपछि सिएमसीबाट  काम नहुने निष्कर्षमा

पुष , २९ काठमान्डौ । जनवरीको पहिलो साता फर्किने वाचासहित नयाँ वर्ष मनाउन स्वदेश गएका प्रतिनिधि पठाउनुको सट्टा सर्तसहितको पत्र पठाएपछि सिएमसी दी रेभेन्नाबाट बाँकी काम नहुने निष्कर्षमा मेलम्ची खानेपानी आयोजना पुगेको छ ।सिएमसीले दाबी गरेको क्षतिपूर्तिसहित बाँकी सबै वक्यौता चुक्ता गरेपछि मात्रै आयोजनाको बाँकी काम गर्न सक्ने सर्तसहितको पत्र पठाएको हो । उसले वार्तामा बस्न तयार रहेको, तर नेपालबाहिर वार्ता गर्नुपर्ने सर्त राखेको पनि आयोजना स्रोतले जनायो ।

सिएमसीको सर्त मान्न सकिने खालका नभएकाले आइतबार आज बैठक बसेर बाँकी काम सक्ने उपायबारे छलफल गरिने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद खरेलले बताए । ‘तोकिएको समयमा नेपाल फर्केर काम सुचारु गर्नुको साटो नाजायज सर्तसहितको पत्र पठाएको छ,’ । तर, पुरानै ठेकेदार कम्पनीबाट काम सम्पन्न हुने देखिएन । छलफल गरेर छिटै वैकल्पिक निर्णयमा पुग्छौँ ।’सिएमसीले भूकम्पपर नाकाबन्दीका वेला काममा असर परेको भन्दै एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेको छ । तर, मेलम्ची आयोजना ३५ करोड मात्र दिन सहमत छ । अहिलेसम्म गरेको सबै कामको भुक्तानी गरिसकेको पनि आयोजनाले जनाएको छ । तर, सिएमसीले भने बाँकी कामबापत पाउनुपर्ने रकम पनि सुरुमै दिए मात्रै काम सुरु गर्ने सर्त राखेको छ ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजना सम्पन्न गर्न नसक्ने भन्दै १७ डिसेम्बरमै मेलम्ची आयोजनालाई ठेक्का रद्द गर्न लेटर टु टर्मिनेसन बुझाएको थियो । तर, आयोजनाले नबुझेपछि उनीहरू सिन्धुपाल्चोकबाट स्वदेश फर्किन काठमाडौं आएका थिए । भाग्न खोजेका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको टोलीलाई प्रहरीले लाइसेन्स जफत गरेर रोकेको थियो ।पछि इटालियन दूतावासको पहलमा आयोजनाको बाँकी काम सम्पन्न गर्न कम्पनी सहमत भएपछि सरकारले ग्रेसहित सबै २७ प्रतिनिधिलाई नयाँ वर्षमा घर जान अनुमति दिएको थियो ।सिएमसीले नेपाली बैंकमा राखेको धरौटी रकममध्ये ६० लाख युरो ७७ करोड ५६ लाख रुपैयाँ मेलम्ची खानेपानी आयोजनाले जफत गरिसकेको छ । कम्पनीले भने सप्लायर्स र कामदारलाई १ अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.