१२औँ चितवन महोत्सव : एकै दिन ५२ हजारद्वारा अवलोकन

१२औँ चितवन महोत्सव : एकै दिन ५२ हजारद्वारा अवलोकन

पुष , २९चितवन । १२औँ चितवन महोत्सवमा अवलोकनकर्ताको घुइँचो लागेको छ । चौथो दिन शनिबार ५२ हजारले महोत्सव अवलोकन गरेका छन् । अवलोकनकर्ताको चाप बढी हुँदा टिकट काट्न समेत भ्याइनभ्याई भएको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले बताए ।घर टाढा भएकाले महोत्सव हेर्न शनिबार कुरेको भरतपुर १७ रामपुरदेखि आएकी सुमित्रा ठकुरीले बताइन् । ज्यामिरेकी अर्चना थापा पनि शनिबार नै महोत्सव हेर्न आएकी थिइन् । अभिभावकसँग आएकी कक्षा ९ मा अध्यनरत अर्चनाले सानी बहिनीसँगै कृत्रिम चिडियाघर हेरेर रमाइन् । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा जारी महोत्सवलाई तेस्ला एयर कन्डिसनरले मुख्य प्रायोजन गरेको छ ।

गोष्ठी र सांस्कृतिक कार्यक्रममहोत्सवअन्तर्गत शनिबार स्थानीय सञ्चार प्रवद्र्धनका सवालहरू विषयक गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले अन्य व्यापार व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सञ्चारमाध्यम आफैँलाई टिकाइराख्नुपर्ने समस्याबारे छलफल गरी समाधानको बाटो पहिल्याउन सफल हुने विश्वास लिए । गोष्ठीमा उज्यालो रेडियो नेटवर्कका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्ष जनक अर्यालले विषयपत्र प्रस्तुत गरे ।महोत्सवमा शनिबार विविध सांस्कृतिक कार्यक्रम भएका छन् । लोकगायक कुलेन्द्र विकले ‘सालको पात टपरी हुने’ गीत गाउँदा दर्शक छमछमी नाचेका थिए । उनले अन्य चर्चित गीतहरू पनि प्रस्तुत गरे । त्यस्तै गायिका निशा लामाले पनि गीत प्रस्तुत गरिन् । कार्यक्रममा नारायणी कला मन्दिरले पनि विविध नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.