करोडौंको जग्गा गाउँपालिका लाई दान

करोडौंको जग्गा गाउँपालिका लाई दान

आलोक यादव , पुस २९ सिरहा । सिरहा लक्ष्मीपुर पतारी गाउँ कार्यपालिकाको प्रशासनिक भवन र ४० सैयाको सुबिधा सम्पन्न अस्पताल स्थापनार्थ यसै गाउँपालिका वडा नं। ३ हरिनगर बस्ने स्व। श्री बहादुर साहको नाती श्री रघुनन्दन साहको छोरा श्री रामलोचन प्रशाद गुप्ताले पतारी बजारको मुख्य चौकमै गा।पा।को लागी ५ कठ्ठा २ धुर र अस्पतालको लागी ७ कठ्ठा गरी जम्मा १२ कठ्ठा २ धुर जग्गा दान स्वरुप गाउँपालिका लाई उपलब्ध गराउनु भएको छ ।हाल त्यस जग्गाको प्रचलित मुल्य करोडौंमा रहेको छ । जग्गा दाता दानवीर श्री रामलोचन प्रशाद गुप्ता ज्यु हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्