चिकित्सा शिक्षा विधेयक: मस्यौदा प्रतिवेदन आज संसदमा पेश हुँदै

चिकित्सा शिक्षा विधेयक: मस्यौदा प्रतिवेदन आज संसदमा पेश हुँदै

पुष , २९ काठमाडौँ । प्रतिनिधिसभाको आज बोलाइएको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने भएको छ ।शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले विधेयकको प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।

विधेयकमा चिकित्सक गोविन्द केसीले विरोध जनाउँदै आएको छ । सोही विषयलाई लिएर डा केसी १६ औँ अनशनमा हुनुहुन्छ । उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले साथ दिने जनाएको छ ।आजको बैठकमा अन्य महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने तयारी रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक प्रस्तुत गर्नुहुनेछ । यस्तै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०७५ पनि प्रस्तुत हुनेछ ।यस्तै, अर्थमन्त्री युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदन सहितको निवृत्तभरण कोष विधेयक, अर्थ समितिको प्रतिवेदन सहितको भुक्तानी तथा फस्र्यौट विधेयक पारितका लागि पेश गर्नुहुनेछ । बैठक १२ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.