कालिन्चोकमा आन्तरिक पर्यटकको चाप बढ्यो, बस्ने ठाउँ को समस्या

कालिन्चोकमा आन्तरिक पर्यटकको चाप बढ्यो, बस्ने ठाउँ को समस्या

पौष २९,दोलखा ।दोलखा कालिञ्चोक विशेषगरी जाडो मौसममा हिउँ खेल्नका लागि आउने पर्यटकको चाप अत्याधिक बढेपछि होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो ।एकैपटक धेरै आन्तरिक पर्यटक भित्रिएपछि दोलखाका होटल तथा लज खचाखच छन् भने पर्यटकहरुको व्यवस्थापनमा समेत समस्या भएको छ ।

विशेषगरि शुक्रबार, शनिबार र विदाको दिन दोलखामा पर्यटकको चाप बढ्ने गरेको छ । हिजो मात्रै दोलखामा अत्यधिक पर्यटक भित्रिएपछि बस्ने ठाउँ नपाउँदा केही पर्यटक अलपत्र परेका छन् भने केही गाडीमै सुत्न बाध्य भएका छन् ।कालिन्चोकको कुरीका होटलहरु एक साता अघि देखि बुकिङ थिए भने चरिकोटका होटल, लज पनि भरिए पछि आन्तरिक पर्यटक समस्यामा परेका थिए । अलपत्र परेका पर्यटकलाई व्यक्तिको घर तथा निर्माणाधिन होटलहरुमा समेत राखिएको थियो ।

कालिन्चोकको कुरीमा पुगेका पाँच सय बढी पर्यटक बस्ने ठाउँ नपाएर राति नैं फर्किएको कुरीस्थित होटल फायर साईडका प्रोपाईटर चन्द्र पाख्रिनले बताए ।पर्यटको संख्या बढेसँगै एक साता यता कालिञ्चोक केवलकार चढ्नेको संख्या दैनिक हजार भन्दा माथि रहेको कालिञ्चोक केवुलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्