सातै प्रदेशमा सरकारविरूद्ध तरुण दलको विरोध कार्यक्रम

सातै प्रदेशमा सरकारविरूद्ध तरुण दलको विरोध कार्यक्रम

पुष , २८ काठमान्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सातै प्रदेशका केन्द्रमा पुगेर सरकारको विरोध गर्ने भएको छ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली नेतृत्वकोसरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा कार्यक्रम गर्न लागेको हो।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ।सरकारको गैरकानुनी र अलोकतान्त्रिक रबैयाविरूद्ध विरोध सभा र र्‍याली गर्ने शाहीले बताए।

वाइड बडी जहाज खरिदमा भएको अनियमितता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सरकारले दोषी पहिचान गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नुजस्ता मुद्दा सातै प्रदेशमा हुने विरोध सभामा तरुण दलले उठाउने छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.