माघे संक्रान्ति यसकारण छ विशेष

माघे संक्रान्ति यसकारण छ विशेष

काठमाडौं – सूर्य संस्कृति, मकर संक्रान्ति पर्व ब्रह्मा, विष्णु, महेश्वर, गणेश, आद्यशक्ति तथा सूर्यको आराधना एवं उपासनालाई पावन व्रत मानिन्छ । जो तन-मन-आत्मालार्इ नै शक्ति प्रदान गर्दछन् ।

सन्त-महर्षीयहरुका अनुसार यसको प्रभावबाट प्राणीको आत्मा शुद्ध हुने विश्वास गरिन्छ। यो दिनको पूजा गर्दा संकल्प शक्ति बढ्नेछ । ज्ञान तन्तु विकसित हुनेछ भने मकर संक्रान्ति यही चेतनाको विकसित गराउनको लागि उपयुक्त पर्व हो। यो पर्व त्यसैले पनि सबै हिन्दूहरुले कुनै न कुनै तरिकाले मनाउने गरेका छन् ।

– विष्णु धर्मसूत्रमा भनिएको छ कि पितृको आत्माको शान्तिका लागि एवं स्व स्वास्थ्यवर्द्धन तथा सर्वकल्याणका लागि तिलको ६ वटा प्रयोग पुण्यदायक मानिन्छ एवं फलदायक मानिन्छ । तिल जलद्वारा स्नान गर्नु, तिल दान गर्नु, तिलबाट बनेको भोजन, जलमा तिल अर्पण, तिलको आहुति र तिलको खेती गर्नु ।

– सूर्यको उत्तरायण पछिदेखि देवीको ब्रह्म मुहूर्त उपासनाको पुण्यकाल प्रारम्भ हुनेछ। यस कालमा परा-अपरा विद्या प्राप्तिको काल समेत मान्ने गरिएको छ । यस समयलार्इ साधनाको सिद्ध काल पनि मान्ने गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.