सहमतिमा प्रेमीबाट ‘न्यूड’ फोटो सुट, भाइरल भएपछि आपत !

पुष २८,काठमाडौं । ललितपुरस्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत किशोरीले आफ्नो नग्न तस्वीर भाइरल भएपछि प्रहरीलाई गुहारिन् । सुरुमा उनी आफूमाथि आइपरेको विपत वर्णन गर्न हिच्किचाइन् । तर, केहीवेरमै अभिभावकहरुबाट थाहा भयो, त्यो तस्वीर उनकै प्रेमीबाट ‘लिक’ भएको रहेछ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् अनुसन्धान अधिकारीहरुका अनुसार पीडित किशोरी र प्रेमीसँगै पढ्थे । उनीहरुबीच फेसबुकमा कुराकानी हुन्थ्यो ।त्यही क्रममा किशोरले नग्न तस्वीर पठाउन आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुरुमा उनले इन्कार गरिन् तर, युवकले तस्वीर माग्न छाडेनन् । बरु सम्बन्ध तोड्न तयार थिए तर, नग्न तस्वीर माग्न छाडेनन् । अन्ततः किशोरीले गोप्य अंगहरुको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत पठाएकी थिइन् ।विस्तारै त्यो क्रम बढ्दै थियो ।

एक दिन किशोरको म्यासेन्जरबाट त्यो नग्न तस्वीर एउटा ‘च्याट ग्रुप’मा फरवार्ड भयो । केहीवेरमै तस्वीर भाइरल भयो । त्यो थाहा पाएकी किशोरी छागाँबाट खसेझैं भइन् । उनले अभिभावकलाई खबर गरिन् ।प्रहरीसमक्ष घटना पुग्यो । प्रहरीले पीडित किशारीका प्रेमीलाई पनि कार्यालयमा बोलायो । यानका क्रममा उनले भूलव ग्रिुपमा तस्वीर सेन्ड भएको दाबी गरे ।

नग्न तस्वीर पठाउनु किशोरीको पनि गल्ती थियो । त्यसैले प्रहरीले कसरी अगाडि बढ्ने निक्र्यौल गर्न सकेन । दुवै परिवारले प्रतिष्ठाको विषयलाई पनि जोड दिएपछि फोटो डिलिट गर्न लगाइयो र अभिभावकको जिम्मा लगाएर छाडियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.