अफिस भित्रै वडा अध्यक्ष यादव उपर बन्दुक तेर्साएर हातपात र गाली बेइज्जत

अफिस भित्रै वडा अध्यक्ष यादव उपर बन्दुक तेर्साएर हातपात र गाली बेइज्जत

आलोक यादव , पुस २८ सिरहा। सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्ष यादव लाइ बन्दुक तेर्साएर हातपात गरेका छ्न । शुक्रबार वडा नम्बर २ का अध्यक्ष राम इस्वर यादबलाइ अफिस भित्रै गाली बेइज्जत गरि हातपात र बन्दुक समेत तेर्साएको वडा अध्यक्षले दिएको जाहेरि अनुसार जिल्ला प्रहरि कार्यालय सिराहाका डि।एस।पि माधब राज खरेलले जानाकारी दिए ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । सिफारिस नगरिदिएको निहु बनाइ स्थानीय बिल्टु यादब,उनकै छोरा महेस यादब,सत्रुधन यादब,पप्पु यादब नरहा गाउँपालिका ४ का जय कुमार यादबले हातपात गरेको प्रहरिले जनाएको छ । घटना लग्तै प्रहरि पुग्दा जय कुमार यादब र पप्पु यादबलाइ पक्राउ गरेका छ्न । वडा अध्यक्ष यादबका अनुसार ” म अफिस भित्र काम गरिरहेको थियो, घरमा आगो लागेको सिफारिस गरिदिनु भनेको थियो ।

मैले निजलाइ स्थलगत र प्रहरिको प्रतिबेदन अनुसार रोहबरमा बसिदिने भन्दा समेत नमानी मलाइ गलहतथा लगाइ हात समातेर बिल्टु यादबका छोरा महेस यादवले बन्दुक तेर्साएर कुटपिट गरेको आरोप लगाएका छ्न । मैले लगाएको आधी तोला सुनको सिक्री र बैंकबाट ल्याएको २५ हजार नगद समेत लगेको अध्यक्ष यादबले बताए ।

प्रतिक्रिया दिनुहोस्