डा.केसी: शौचालय पुग्नै समस्या

डा.केसी: शौचालय पुग्नै समस्या

इलाम – सत्याग्रहमा रहेको तेस्रो दिन डा.गोविन्द केसीको रगतमा ग्लुकोजको मात्रा कम देखिएको छ। पसिना आउने र छाती दुख्ने समस्या देखिएपछि शुक्रबार इलाम अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए।

बिहान ९ बजे गरिएको परीक्षणमा डा.केसीको रगतमा ग्लुकोजको मात्रा ५८ मात्रै रहेको चिकित्सकको रिपोर्ट छ। डा.केसीको स्वास्थ्य परीक्षण गरेका इलाम अस्पतालका चिकित्सक रामकृष्ण आचार्यले सामान्यतया शरीरमा ग्लुकोजको मात्रा ७० हुनुपर्ने बताए। ‘ग्लुकोज कम भएपछि शरीरले थोरै मात्र बल लगाएर गर्नुपर्ने काम गर्न पनि सक्दैन,’ चिकित्सक आचार्यले भने, ‘त्यही भएर डा.केसीलाई आज (शुक्रबार) देखि शौचालय पुग्नसमेत मुस्किल पर्न थालेको छ।’

चिकित्सकका अनुसार डा.केसीको रक्तचाप पनि कम भएको छ। उनलार्ई खोकी लाग्ने, छाती दुख्ने र अरू संक्रमण पनि देखिन थालेको छ। ‘डा.केसीको पिसाबमा पनि समस्या देखिएको छ,’ आचार्यले भने, ‘शरीरलाई जति पानी चाहिने हो, डा. केसीको शरीरमा त्यो पुगेको छैन, शरीरलाई आवश्यक इलेक्ट्रोलाइट अभाव भइसकेको छ।’ आचार्यले डा.केसीको शरीरमा छिटो संक्रमण हुने भएकाले तस्बिर खिच्न र उनीसँग बोलचाल गर्न पनि कसैलाई नजिक जान नदिनु उचित हुने बताए।

प्रतिक्रिया दिनुहोस्