दैलेखको कोतगढी सबैले हेर्न पाउने गरी खुल्ला

दैलेखको कोतगढी सबैले हेर्न पाउने गरी खुल्ला

दैलेख – दैलेखको कोतगढी अब सबैले हेर्न पाउने गरी खुल्ला गरिने भएको छ । नेपाली सेनाको नाममा नापी भएको कारण कोतगढीमा सार्वजनिक रुपमा आवागमन हुन सकेको थिएन ।

२९७ औं राष्ट्रिय एकता दिवसको अवसरमा दैलेखको कोतगढीमा आयोजित उत्तरपश्चिम पृतना सुर्खेतका निमित्त पृतनापति सहायक रथी अर्जुन श्रेष्ठले गढी सबैका लागि खुल्ला गरिने बताउनुभएको हो ।

ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनलाई साझेदारी गरेर अघि बढाउने उद्देश्यले सम्बन्धित स्थानमै अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा शुक्रबार कोतगढीमा आयोजना गरिएको कार्यक्रम स्थानीयहरुले गढी सबैका लागि खुल्ला गरिनुपर्ने माग राखेपछि सहायक रथी श्रेष्ठले खुल्ला गरिने बताउनुभएको हो ।

नारायण नगरपालिकाले कोतगढीको मर्मत सम्भारका र सजावटका लागि काम गर्न चालु आर्थिक वर्षमा १० लाख रुपैंयाँ विनियोजन गरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्