पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि बैत्यश्वर गाउँपालिकाको २ लाख सहयोग

पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि बैत्यश्वर गाउँपालिकाको २ लाख सहयोग

पौष २८, चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि वैत्यश्वर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । वैत्यश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश आचार्यले पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई दुई लाख रुपैयाँको चेक हिजो एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
महासंघको भवन निर्माणको लागि व्यक्ति, संघसंस्था, सहकारीहरुले सहयोग गरिरहेको अवस्थामा स्थानीय तहले पनि सहयोग गर्न थालेको हो । निर्माणधीन महासंघको भवन सबैको साझा भवन भएकोले वैत्यश्वर गाउँपालिकाले पनि रकम सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनु भयो ।
यसअघि भीमेश्वर नगरपालिकाले महासंघको भवन निर्माण नक्सा पास वापतको राजश्व मिनाहा गर्नुको साथै ६ लाख रुपैयाँ सहयोग गरिसकेको छ । बाँकी जिरी नगरपालिका र छ गाउँपालिकाले पनि सहयोग गर्ने बताएकोे महासंघले जनाएको छ । हाल डिपिसी सम्पन्न भई पिलर उठाउने काम सम्पन्न भएको छ । भवनको बाँकी निर्माण कार्य माघ पहिलो साताबाट सुरु गर्ने भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । जिल्लाकै पहिचान झल्किने र सूचना केन्द्रसहितको भवन लामाचौरस्थित चरिकोटमा निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.